बिहिवार, माघ २ २०७६
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका लागि मस्कोका संवाददाता सारा रेन्सफर्डले भनिन्, ‘पुटिनले प्रधानमन्त्री मेदवेदेवलाई पदबाट किन हटाए ? यसबारेमा थाहा भइसकेको छैन । पुटिनले मदवेदेवलाई प्रधानमन्त्रीको पदबाट हटाए र सामान्यरुपमा मेदवेदेव जुन फैसला लिन्थे, अब पुटिन आफैंले लिनेछन् । पुटिनले नयाँ मन्त्रिमण्डल गठन नभएसम्म वर्तमान मन्त्रीहरूलाई पदमा रहिरहन भनेका छन् । मेदवेदेव सेक्युरिटी काउन्सिलको उपाध्यक्ष हुनेछन् तर किन ?’ राष्ट्रपति पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिने छ र वर्तमान संविधानको नियमअनुसार उनी अर्काे पटक राष्ट्रपति बन्न नसक्ने देखिएको छ । संविधानमा परिवर्तन गरेर पुटिनले आफ्नो सत्ता लम्ब्याउने जनाइएको छ । तर पुटिनले भविष्यमा राष्ट्रपतिको कार्यकाल दुई पटकका लागि मात्रै सीमित गर्ने सांसदहरूसँग बताएका जनाइएको छ ।#BREAKING Russian government resigns: news agencies pic.twitter.com/CYag7k8sjM
— AFP news agency (@AFP) January 15, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।