आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुर्घटना हुनुअघि परमिताको रंगीन रात, जसले एक आम मानिसको ज्यान गयो !

दुर्घटना हुनुअघि परमिताको रंगीन रात, जसले एक आम मानिसको ज्यान गयो !

  • मंगलवार, पौष २९ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं - बुढानिलकण्ठमा २८ मंसिरमा भएको एउटा दुर्घटनामा लिला देवकोटाको मृत्यु भएपछि नेपाली अभिनेत्री र केही धनाढ्यको रंगीत रातको रहस्य प्रहरीमा दिइएको बयानमा खुलेको छ । अभिनेत्री परमिता राणा, अमेरिका बस्दै आएका पृथ्वी मल्ल, करिश मास्के र मनिषाको त्यो रातको कथा प्रहरीको अनुसन्धानका क्रममा दिइएको बयानमा खुलेको छ । रातभरी नशामा चुर भएका यी चार जनाले एउटा रिसोर्टमा खाना मगाए, पर्खिँदा चुम्माचाटीको विषयमा गार्डले बयान दिएका छन् । दुर्घटना नभएको भए अभिनेत्रीसहित पैसावालको रंगिन रातको विषयमा प्रहरीले खुलाउने थिएन । ग्रिनल्याड रिसोर्टका सुरक्षा गार्ड सुरज चौधरीसँग समेत प्रहरीले घटनाबारे सोधपुछ गरेको थियो । पृथ्वीसँग आएका अर्का युवक करिश मास्के, नायिका परमिता र मनिषा रक्सीले झ्याप भएर रिसोर्ट पुगेको बयान सुरक्षागार्ड चौधरीले दिएका छन् । ‘म ग्रिनल्यान्ड रिसोर्टमा काम गर्दै आएको छु । सो क्रममा गत मंसिर २८ गते मेरो मेन इन्ट्री पोइन्टमा ड्युटी थियो । सोही बेला बिहान ८: २६ बजे पृथ्वी मल्ल आफैंले बा१४च ६१२३ नम्बरको कार चलाएर २ केटी र एक केटा लिएर आएका थिए । त्यसबेला उनीहरूले अत्यधिक मादक पदार्थ सेवन गरेको जस्तो देखिन्थ्यो । रिसोर्टमा खाजा अर्डर गरे । त्यन्तिजेन्ल रिसोर्टमा बस्दा पृथ्वी मल्ल र उनीसँगै आएकी एक जना केटी अंगालो मार्ने, किस गर्ने जस्ता क्रियाकलाप गर्न थाले । म्यानेजरले यस्तो हर्कत नगर्नुस्खा नाको पैसा तिर्न लगाएर रिसोर्टबाट बाहिर जान लगाए । बिहान ९ः४० मा उनीहरू रिसोर्टबाट बाहिरिएका थिए ।’ गार्डको यो बयानले के खुलाउँछ भने विदेशमा रहेका धनाड्य परिवारका सन्तानसँग नेपालका हिरोइनको प्रेम सम्बन्ध मात्र होइन, रमाइलो रात पनि बित्ने गरेको छ । दुर्भाग्यबस भएको दुर्घटनाले यो रहस्यको खुलासा गरेको छ । तर रमाइलो गर्ने जोडीको गल्तीले एक आम मानिसको ज्यान पनि गएको छ ।(जनप्रहार साप्ताहिकबाट साभार)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६०७:२१:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend