बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सुचना प्रबिधि विधेक कुनैपनि हालतमा पास हुँदैन: कांग्रेस सहमहामन्त्री महत

सुचना प्रबिधि विधेक कुनैपनि हालतमा पास हुँदैन: कांग्रेस सहमहामन्त्री महत

  • सोमवार, पौष २८ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं पुस २८- प्रमुक प्रतिपक्षि दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफुहरु सधै लड्न तयार रहेको बताएका छन् । काठमाडौंमा विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रबिधि र विशेष सेवा संगठन विधेयक: नागरिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले सरकारले संसदमा लैजान लागेको सुचना प्रबिधि विधेकलाई कांग्रेसले पास हुन नदिने जिकिर गरे। उनले प्रस्तावित विधेकहरु मानव अधिकारलाई कुन्ठित पार्ने र सरकारका गलत कामको बिरोध गर्न नपाइने किसिमका भएको भन्दै त्यस्ता विधेकलाई सदनमा पेस नगर्न सरकारलाई सहमहामन्त्री डाक्टर महतले आग्रह गरे। नागरिकको फोन ट्यापिङ गरेर दुख दिने मनसायले विधेकहरु आएको र ती विधेकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले खुलासा गरे। नगरिकनलाई दुख दिन,सामाजिक संजाल कर्तालाई जरिवाना र जेल सजाय गर्नलाई नेकपालाई जनताले मत नदिएको सहमहामन्त्री महतले तर्क गरे। उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए। नेकपाको सरकार बनेनैदेखी अरबौका भ्रष्टाचारका कान्ड सार्वजनिक भएको भन्दै ती कान्डलाई लुकाउने उद्देश्यले सरकारले जनता प्रती कडा रुपमा प्रस्तुत हुनलाई अहिले सुचाना प्रबिधि विधेक सदनमा ल्याउन लागिएको आरोप पनि लगाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६१०:२८:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend