काठमाडौँ- चर्चित गायिका कोमल ओली र गायक मेक्सम खातीको आवाजमा रहेको लोकदोहोरी गीत ‘लौन कोमल ओली VS लौन मेक्सम खाती’ बजारमा सार्बजनिक भएको छ ।
चर्चित गायक तथा सर्जक नरेश खातीको शब्द तथा संगीत रहेको छ भने गायक स्वयम् मेक्सम, नरेश र गायिका कोमलको अभिनय रहेको छ ।
गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् । भिडियोको निर्देशन नरेश खातिले नै गरेका हुन् । करण चैसिरको छायांकनमा रहेको म्युजिक भिडियोको छायांकन नबिन घर्ति मगरले गरेका छन् ।
गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ भने संगै कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक स्वयं खातीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको हो। ।
https://www.youtube.com/watch?v=N3vbe8rhVcg&feature=emb_title
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।