काठमाडौँ- चर्चित गायिका बिष्णु माझि र गायक योगेन्द्र गौतमको आवाजमा रहेको लोकदोहोरी गीत 'खोलीमा पानी...' चौतर्फी भाइरल भएको छ । गीतकार तथा सर्जक पवन वलीको लय तथा शब्द रहेको गीतलाई पवित्रा ढकाल गौतमले बजारमा सार्बजनिक गरेकी हुन् ।
अनायस क्रीयसन म्युजिक कम्पनी मार्फत आएको उक्त गीतको संगीत संयोजन आषिस अबिरलले हरेका हुन् । गीतले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको हो ।
भिडियोको निर्देशन तथा कोरियोग्राफर मौसम हिमालीले गरेका छन् । लोकदोहोरी भिडियोमा पहिलो पल्ट उनै निर्देशक हिमालीले नायक पल शाहलाई नचाएका छन् भने मोडल जुना सुन्दासले नायक पल शाहलाई अभिनयमा साथ् दिएकी छिन् ।
नबराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।
https://www.youtube.com/watch?v=iywfAj4a70A&feature=share&fbclid=IwAR3g1HoDbtDWcuWNJ_lXZtqI_oR1h9kzKM_juqLh0BM-lQIQDZYPpDN5O_o
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।