आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अमेरिकी सैन्य इलाकामा इरानले गर्‍यो ४ वटा रकेट प्रहार

अमेरिकी सैन्य इलाकामा इरानले गर्‍यो ४ वटा रकेट प्रहार

  • सोमवार, पौष २८ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – अमेरिका र इरानबीच चलिरहेको विवादका क्रममा आईतबार इरानले अमेरिकी सैन्य इलाकामा हमला गरेको छ । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेका अमेरिकी सैन्य ईलाकामा आईतबार इरानले ४ वटा रकेट प्रहार गरेको छ । इराकको अल–बलाद एयरबेसमा भएको हमलामा ४ इराकी वायु सैनिक घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रकेट प्रहार भएको एयरबेस क्षेत्रमा अमेरिकी सैनिकहरू बस्ने भएपनि इरान र अमेरिकाबीचको विवादपछि अमेरिकी सेना त्यहाँबाट भागेका थिए । अमेरिका देखेर आक्रोशित भएको इरानले अमेरिकी सैन्य क्षेत्रमा ६ दिनको अवधिमा गरेको पछिल्लो तेस्रो प्रहार रहेको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आक्रामक शैलीमा ट्विटरमा लेखेका छन्, ‘इराक सरकारका दुस्मन लगातार उसको स्वायत्तता उल्लंघन गरिरहेका छन् यो अब बन्द हुनुपर्छ ।’ गत जनवरी ३ मा अमेरिकाले इरानी कुद्स सेनाका जनरल कासिम सुलेमानीको हत्या गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २८ २०७६०२:५४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend