काठमाडौं - चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘चमेली’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार भएको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।
भिडियोमा पुजन घिमिरे र बरुण अभिनय रहेको छ । गीतको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशक गरेका हुन् ।
भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।
गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीत मार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको बर्णन गरेका छन् ।
https://www.youtube.com/watch?v=scpCcSMOss4&feature=youtu.be
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।