बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सुजाताले खोलिन् कांग्रेस बिग्रिनुको खास रहस्य, सभापति देउवाले के बिगारे ?

सुजाताले खोलिन् कांग्रेस बिग्रिनुको खास रहस्य, सभापति देउवाले के बिगारे ?

  • शनिवार, पौष २६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कांग्रेस बिग्रिनुको कारणबारे बोलेकी छन् । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन ललितपुर कार्यसमितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले गुटका कारण पार्टी बिग्रिएको बताइन् । ‘गुट र उपगुट पार्टीका लागि राम्रो होइन, गुट समाप्त हुनुपर्छ,’ शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘गुटले पार्टीलाई त बिगारेकै छ । यसले कांग्रेसलाई मात्र होइन, मुलुकलाई पनि क्षति पुर्‍याउँछ ।’ उनले कांग्रेस बनाउन गुट समाप्त गर्नुपर्नेमा जोड दिइन् । उनले गुटको अन्त्य भए आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने विश्वास व्यक्त गरिन् । ‘कांग्रेस बनाउन गुटलाई समाप्त पार्नुपर्छ । कसैले पनि गुटको राजनीतिक गर्नु हुँदैन,’ उनले थपिन्, ‘गुटको राजनीति नगरी मिलेर चुनाव लड्यौं भने हामी बहुमत ल्यएर आगामी चुनाव जित्न सक्छौं ।’ पार्टी सभापति शेरबहादुर देउवाको कमजोरी भनेकै गुटको राजनीति गर्नु रहेको कोइरालाको आरोप छ । ‘सभापतिको कमजोरी भनेकै उहाँले गुटको राजनीति गरेको देखिन्छ,’ उनले देउवालाई सुझाव दिँदै भनिन्, ‘सभापतिले गुट समाप्त पारेर ठूलो हृदयका साथ सबैलाई समेटेर अगाडि बढ्नुपर्छ । पार्टी आफै बन्छ ।’ पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकी पुत्री नेत्री सुजाताले उनको सपना साकार पार्न देशभर गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काम गरिरहेको बताइन् । ‘फाउन्डेसनलाई पार्टीमा मात्र सीमित नगरेर जनतासम्म पुर्‍याउने लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘सामाजिक कार्य, शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा फाउन्डेसनले काम गर्छ ।’ उनले विशेषगरी युवाको रोजगारी सिर्जनाको विषयमा छलफल भइराखेको बताइन् । ‘गाउँगाउँको बेरोजगारी अन्त्य गर्न र युवालाई आफ्नो खुट्टामा उभिने वातावरण बनाउने गरी काम भइरहेको छ,’ उनले भनिन्, ‘हामी गिरिजाबाबुको सपना साकार पार्न लागिपरेका छौं । कांग्रेसको सपना भनेकै प्रजातन्त्र र विकास नै हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २६ २०७६१२:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend