बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रदेश ३ को नाम र राजधानीमा नेकपाले ह्विप लगाउने, विरोधी सांसद हेरेको हेर्यै

प्रदेश ३ को नाम र राजधानीमा नेकपाले ह्विप लगाउने, विरोधी सांसद हेरेको हेर्यै

  • बिहिवार, पौष २४ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं– प्रदेश ३ को नाम र राजधानीका लागि नेकपा सचिवालयले निर्देशन दिए अनुसार प्रदेश सांसदहरुलाई ह्वीप लाग्ने भएको छ। गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो।

    सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधीकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरुलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

    दुई अध्यक्षसँगको भेटमा प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी निर्णय व्यवहारिक नभएको बताएका थिए। अध्यक्षहरुले भने पार्टी निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका थिए।

    प्रदेश सांसद समेत रहेका नेकपा नेता पशुपति चौलागाईंले पार्टी निर्णय व्यवहारिक नभएपनि पार्टीको निर्णय अनुसार नै प्रदेशको नाम र राजधानी कायम हुने बताए।

    नेकपाका अधिकांश प्रदेश सांसदहरुले पार्टी निर्णयको विरोध गरेका छन्। उनीहरुले पार्टी निर्णय संविधान विपरित र अव्यवहारिक रहेको समेत बताएका छन्। प्रदेशको नाम र राजधानीबारे अन्तिम निर्णय गर्न बिहीबार बिहान ८ बजे नेकपाले प्रदेश ३ को संसदीय दलको बैठक बोलाएको छ। प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। २ तिहाई पुग्न ७४ जना सांसद चाहिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २४ २०७६०४:२७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend