काठमाडौं- चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत 'उकाली....' सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको उकाली बसन्त थापा नामक युटुब बाट आज सार्बजनिक भएको हो ।
भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि, बसन्त थापा,दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रिले गरेका हुन् ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् ।
पछिल्लो समयमा बसन्त थापाको 'उही खोलीमा पानी...' , 'सालको पात....', 'लोभी आँखा...', 'बोकेझार...' जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन् ।
भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्सले गरेको हो ।
https://www.youtube.com/watch?v=7PrHvvvBkZo&feature=youtu.be&fbclid=IwAR2TV9oOj7TZC9op23JAnLDpg7MPKeZP4DRz0Lx2lMeRvRp1s5YARBe1E2E
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।