आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जनता चुस्दै कम्युनिष्ट सरकार, व्यवसाय गर्न र सम्पत्ति जोड्न नपाइने !

जनता चुस्दै कम्युनिष्ट सरकार, व्यवसाय गर्न र सम्पत्ति जोड्न नपाइने !

  • आइतवार, पौष २० २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं– केही महिना अगाडि सरकारी सुझावमा राष्ट्र बैंकले व्यवसायीका लागि एउटा निर्देशन जारी गर्‍यो– ऋणीले कर कार्यालय र बैंकमा एउटै वासलात बुझाउनु पर्छ।

    गत साता आम सर्वसाधारणका लागि अर्को निर्देशन आयो– कर तिरेको कागजपत्र ल्याएपछि मात्र ऋण पाइन्छ। कागज ल्याएपछि पनि कुल कमाइको आधा पैसा किस्तामा तिर्न सक्ने हुनु पर्छ, नत्र ऋणका लागि तिमी अयोग्य छौं । यो निर्देशन पनि सरकारी सुझावमा जारी गरिएको हो।

    सैद्धान्तिक रूपमा दुवै निर्देशन सही छन्। सरकार पारदर्शिता खोजिरहेको छ र त्यहीअनुसार नीति–नियम तर्जुमा गर्दै गइरहेको छ भन्ने देखिन्छ।

    तर, व्यवहारिक रुपमा दुवै निर्देशनले मध्यम वर्गको घाँटी निमोठ्ने काम गरेको छ। मध्यम वर्गलाई न सम्पति जोड्न दिइएको छ, न त व्यापार गर्न नै। परिपक्व र गहिरो अध्ययन बिनै नीति तर्जुमा गर्दा मध्यम वर्ग थप मारमा परेको हो।

    पहिलो निर्देशनलाई हेरौं, सरकारले कर तिरेको र बैंकसँग ऋण लिँदा बुझाएको वासलात एउटै हुनु पर्ने नीति लिएको छ। राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याएका कारण अहिले बैंकसँग ऋण माग्ने धेरै घटिसकेका छन्। पुरानो ऋण नवीकरण गर्नेहरू पनि व्यवसायिकबाट ब्यक्तिगत ऋणमा परिवर्तन हुन थालेका छन्।

    व्यवसाय गर्नेहरूले बैंकबाट पर्याप्त ऋण पाइयोस् भनेर वासलातमा नाफामा देखाउँथे। नेपाली बैंकले घाटाको वासलातमा पैसा नदिने भएकाले ऋणीलाई नाफाको वासलात बनाउनु पर्ने बाध्यता थियो। यसको ठीक उल्टो राजस्व कम तिर्न वासलात ऋणात्मक वा कम नाफा भएको देखाउँथे।

    ठूला ऋणीको समस्या विस्तारै हल हुँदै गएको छ। तर साना तथा मझौला ऋणीहरू भने समस्यामा परेका छन्। किनभने साना तथा मझौला व्यवसाय खुल्ने बित्तिकै नाफामा जाँदैन वा गए पनि कम हुन्छ। ऋण लिनका लागि केही बढाएको अवस्था हुन्छ। मध्यम वर्गसँग आफ्नो बचत धेरै हुँदैन। यता बैंकले पनि ऋण नपत्याउने अवस्था आएको छ।

    राष्ट्र बैंकको केही अघिको अध्ययनअनुसार, करिब ३ लाखको हाराहारीमा साना तथा मझौला उद्योगहरू छन्। यसमध्ये १६ प्रतिशत बैंक ऋणबाट र ६ प्रतिशत सहकारी संस्थाबाट ऋण चलाएर खुलेका छन्।

    बैंक ऋणबाट चल्नेहरू सोझै प्रभावित भएका छन्। ठूलो संख्यामा रहेका यस्ता कम्पनीहरुले अहिले बैंक ऋण नवीकरणमा समस्या भोगिरहेका छन्। नयाँ लिने क्रम त बन्दै भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २० २०७६०४:१४:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend