आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस प्रवेश गर्नेको ओइरो, एकैदिन ४ सय नेता कार्यकर्तालाई कोइरालाले लगाए टीका

कांग्रेस प्रवेश गर्नेको ओइरो, एकैदिन ४ सय नेता कार्यकर्तालाई कोइरालाले लगाए टीका

  • शनिवार, पौष १९ २०७६

  • 8.0K
    SHARES

  • मोरङ – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीबाट जनता वाक्क भइरहेका बेला कांग्रेसप्रति आकर्षण बढ्दै गएको छ भने सत्तारुढ नेकपाकै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहेका छन् । नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ६ ले शनिबार विराटनगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपासहित विभिन्न पार्टीका चार सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई स्वागत गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीका लगाएर स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै नेता कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताए । उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए । केन्द्रीय सदस्य डा. कोइरालाले सरकारले देशमा महंगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राखे । नेपाल कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरूको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए । कार्यक्रममा कांग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले मन्तव्य राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०३:१०:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend