आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओली सरकारमा अर्थतन्त्र किन भयो डामाडोल ? डा. प्रकाशशरण महतले गरे खुलासा

ओली सरकारमा अर्थतन्त्र किन भयो डामाडोल ? डा. प्रकाशशरण महतले गरे खुलासा

  • शनिवार, पौष १९ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थतन्त्र डामाडोल हुनुको कारणबारे खुलासा गरेका छन् । काठमाडौंको कमलादीमा श्रम ज्योति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महतले खुला र पारदर्शी शासनको सुनिश्चितता नहुँदा लगानीकर्ता डराएको खुलासा गरे । ‘देशको आर्थिक विकाससँग सहकारी जोडिएको छ । बहुमतको निर्वाचित सरकार सत्तामा छ । अर्थतन्त्र तल्लो तहमा हुँदा भूकम्पको कारणले, देशमा लामो द्वन्द्वकाल र अस्थिरताले अर्थतन्त्र लो बेसमा थियो । स्थायी परिस्थिति सिर्जना भएको बेला आर्थिक वृद्धि ह्वात्तै बढ्छ । तर अहिले ६ प्रतिशतको आर्थिक वृद्धि छ, त्यो पनि कृषिमा अनुकूल मौसमको कारणले भएको छ ।’ राजनीतिक स्थिरता भएका बेला स्वाभाविक रुपमा १० प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने भएपनि कम्युनिस्टका गलत नीतिका कारण आर्थिक वृद्धि हुन नसकेको डा. महतले बताए । ‘अहिले दोहोरो अंकमा आर्थिक वृद्धि हुनुपर्ने हो । तर ६ प्रतिशतमा सीमित भएको अवस्था छ,’ उनले भने, ‘कम्युनिस्ट सरकारले लगानी आकर्षित गर्न सकेको छैन ।’ आर्थिक वृद्धिका लागि सरकारले ३–४ वटा शर्त पूरा गर्नुपर्ने उनले बताए । ‘आर्थिक वृद्धि हुन ३–४ कन्डीसन हुनुपर्छ । शान्तिसुरक्षा, कानून पारदर्शी, सहज र सुलभ सेवा, व्याजदर र करका दर सस्तो हुनुपर्छ,’ उनले भने, ‘लगानीकर्तालाई कम्युनिस्ट सरकारले कुनै पनि कुरामा सुनिश्चित गराउन सकेको छैन । नेपालको व्याजदर दक्षिण एसियाकै उच्च छ ।’ सत्तामा बसेका कम्युनिस्टले लगानीकर्तासामु व्यक्तिगत सेवाशर्त राखेर हैरान गरिरहेको खुलासा समेत महतले गरे । ‘सत्तामा बस्नेहरूको व्यक्तिगत सेवा र शर्त पूर्ति गर्नुपरेको छ लगानीकर्ताले । कानूनी र गैरकानुनी सेवा शर्त पूरा गर्दा लगानीको लागत अत्यन्त उच्च भएको छ नेपालमा,’ उनले भने, ‘लगानीको लागत उच्च हुँदा लगानी बढ्दैन । विदेशी लगानी पनि आएको छैन, अरु ठाउँमा आकर्षक गन्तव्य छ । स्वदेशी लगानीकर्ता पनि सेवा र शर्तको मारमा परेकाले पूँजी विदेश पलायन भइरहेको छ ।’ कम्युनिस्ट सरकारले प्रतिवर्ष पाँच लाख रोजगार सिर्जना गर्ने भनेपनि ५० हजार मात्रै रोजगार सिर्जना गर्न सकेको डा. महतले बताए । ‘लक्ष्य र उपलब्धिको बीचमा कति अन्तर छ । आर्थिक वृद्धि सुनिश्चित भएको छैन । दोहोरो अंकमा आर्थिक वृद्धि छैन । रोजगार सिर्जना गर्ने हो भने पारदर्शी कानुनी राज्य सुनिश्चित हुनुपर्छ,’ उनले भने, ‘कम्युनिस्टको व्यवहारमा त्यसो छैन । प्रेसलाई संकुचन गर्ने कानुन आएका छन्, गोपनीयताको हक कुल्चने प्रयास हुँदैछ । नियन्त्रण र निषेधलाई प्राथमिकतामा राखिएको छ । यस्तो बेला हरेक नागरिकको सिर्जना र सम्भावनाको पूर्ण उपयोग हुँदैन । जबसम्म नागरिक सिर्जनात्मक हुँदैन, तबसम्म आर्थिक वृद्धि सकारात्मक बाटोमा जाँदैन ।’ नेपालको अर्थतन्त्र अहिले सरकारी प्रयासभन्दा पनि नागरिकको व्यक्तिगत र सामूहिक प्रयासका आधारमा टिकको डा. महतले बताए । ‘कांग्रेसले ल्याएको खुला अर्थतन्त्रको नीतिले देशभर सहकारी फस्टाएका छन्, गाउँगाउँमा आर्थिक गतिविधि भएका छन्, त्यसैका कारणले अर्थतन्त्र धरासायी हुनबाट बचेको छ,’ उनले भने, ‘कम्युनिस्ट सरकारले आर्थिक विकासका लागि नियन्त्रण र निषेधलाई अन्त्य गरेर कानुनी राज्य अवलम्बन गर्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०२:५५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend