काठमाडौं - चर्चित गायक राजेश पायल राई र गायिका लक्ष्मी आचार्यको स्वरमा रहेको नयाँ गीत ‘मन पराउँछौ’ केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
भिडियोमा चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्री र अञ्जली अधिकारीको दमदार रोमान्स देख्न सकिन्छ ।
डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको रोमान्टीक गीत दोहोरी र डान्सिङ शैलीमा तयार पारिएको छ ।
गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
https://www.youtube.com/watch?v=wpwl0aIPu0o&feature=emb_title
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।