आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता रामहरि खतिवडाले गरे सिंहदरबारभित्र धर्ना बस्ने घोषणा

कांग्रेस नेता रामहरि खतिवडाले गरे सिंहदरबारभित्र धर्ना बस्ने घोषणा

  • शुक्रवार, पौष १८ २०७६

  • 7.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ओखलढुंगामा विकासका काम नगरे सिंहदरबारभित्र गएर धर्ना बस्ने घोषणा गरेका छन् । सडक सञ्जाल जोड्ने र जिल्लाभर विद्युतीकरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका पूर्व सांसद खतिवडाले विकासका लागि कांग्रेस–कम्युनिस्ट नभनेर सबै मिल्नुपर्ने बताएका छन् । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले जिल्लाको विकासका लागि विभिन्न निकायमा धाउने काम गरिरहेको बताए । शुक्रबार सोलु करिडोर र ओखलढुंगा विद्युत् प्राधिकरणका प्रमुखको उपस्थितिमा भएको त्रिकोणात्मक सभाका प्रमुख अतिथि खतिवडाले आफूले चुनाव हारेपनि विकासमा निरन्तर खटिएको स्पष्ट पारे । ‘मैले चुनावको बेला जिल्लालाई उज्यालो बनाउने एजेन्डा राखेको थिए, म यही कुरामा सधै रहिरहने छु,’ उनले भने, ‘गाउँपालिकाले कुनै एउटा वडामा, विद्युत् प्राधिकरणले अर्कोमा र सोलु करिडोरले एक ठाउँमा सल्लाह गरेर छिटोभन्दा छिटो काम सुरू गर्नुपर्छ ।’ आफूले केही समय अगाडि सोलु करिडोरका प्रतिनिधि, सुनकोशी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका प्रमुख र खिजिदेम्बा गाउँपालिका प्रमुखसहित विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसँग समग्र जिल्लाको विद्युत् जडान गराउन अनुरोध गरेको नेता खतिवडाले बताए । ‘केही समय अगाडि सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी र घुर्मी सडकसहित म निर्वाचित भएको बेला काम सुरू भएका ओखलढुंगाका विभिन्न सडक योजनाहरू ठप्प भएपछि मन्त्रालयमै गएर मन्त्री, सचिव र सडक विभागका निर्देशकको ध्यानाकर्षण गराएको थिए,’ उनले भने, ‘अझै यी योजनाहरू सुरू नभए सिंहदरबारभित्र मन्त्रालयमै धर्ना बस्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १८ २०७६०३:१४:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend