आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शेरबहादुर देउवा र उपेन्द्र यादवबीच भयो यस्तो लिखित सहमति ! कांग्रेस सफलताउन्मुख

शेरबहादुर देउवा र उपेन्द्र यादवबीच भयो यस्तो लिखित सहमति ! कांग्रेस सफलताउन्मुख

  • शुक्रवार, पौष १८ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं – आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । शुक्रवार सभापति शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच २ नम्बर प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको ४ पदमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । कांग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी दिनेछ । अन्य प्रदेशमा भने कांग्रेस र समाजवादीबीच तालमेल हुने छैन । राष्ट्रियसभाका रिक्त हुन लागेका एकतिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । जसमा सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र १ जना राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिँदैछ । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेका लागि निर्वाचन आयोगले तोकेको छ । यस्तो छ लिखित सहमति

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १८ २०७६०२:५४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend