आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गणेशमान सिंहको सम्झनामा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

गणेशमान सिंहको सम्झनामा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

  • बिहिवार, पौष १७ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौं – ललितपुर किक बक्सिङ संघले नेपाली कांग्रेसका नेता एवं लौह पुरुष गणेशमान सिंहको सम्झनामा ‘वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ माघको पहिलो हप्ता गर्ने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले माघको २, ३ र ४ गते आकर्षक नगद पुरस्कारसहित ‘वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ सञ्चालन हुने जानकारी दिए । गोदावरी नगरपालिकाको चापागाउँस्थित खुला मैदानमा प्रतियोगिता हुनेछ । समापनको दिन प्रयोगितामा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माघ २ गते गर्ने संयोजक महर्जनले बताए । समापनको दिन माघ ४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विजयी भएका खेलाडीलाई पुरस्कार वितरण गर्नेछन् । प्रतियोगिताका संयोजक महर्जनले प्रतियोगितामा करीब ३० लाख खर्च हुने अनुमान गरिएको बताए । प्रतियोगिताका लागि गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न संघ संस्था र शुभेच्छुकले आर्थिक सहयोग गर्ने उनले बताए । ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले कराँते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आईटीएफ, फुल कन्ट्याक्ट कराँते, मुआय थाई लगायतका खेल समावेश हुनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टीमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नछन् । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ३० हजार रुपैयाँ, द्वितीय हुने खेलाडीलाई १५ हजार, तृतीय हुने खेलाडीलाई ८–८ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष महर्जनले जानकारी दिए । उत्कृष्ट पुरुष खेलाडीलाई २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । सबैभन्दा धेरै बढी स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप १ लाख नगद, द्वितीय हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको संघका अध्यक्ष महर्जनले बताए । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन, दीपक श्रेष्ठ, महेश नेवाः, दोर्नेकुमार लामा, महेश रञ्जीत, गंगाराम महर्जन लगायतको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १७ २०७६०१:५८:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend