काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
ओली सरकार मातहतको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।
बुधवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेपनि हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको छ ।
मूल्य बढेसँगै काठमाडौं, सुर्खेत र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम भएको छ ।
पेट्रोलको मूल्य पोखरा र दाङमा प्रतिलिटर ११० रुपैयाँ ५० पैसा कायम हुँदा तराई क्षेत्रमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पुगेको जनाइएको छ ।
डिजेल र मट्टितेलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १ सय रुपैयाँ पुग्दा पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । डिजेल र मट्टटीतेलको मूल्य तराईमा भने ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ ।
निगमले केही दिनअघि मात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले भाउ बढाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।