आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओलीको ‘घातक योजना’ असफल पार्न खुलेरै लागे माधव नेपाल !

केपी ओलीको ‘घातक योजना’ असफल पार्न खुलेरै लागे माधव नेपाल !

  • मंगलवार, पौष १५ २०७६

  • 6.8K
    SHARES

  • मकवानपुर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि बढाउने तयारी गरेको अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई घातक योजना भनेका छन् । मंगलबार हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले एमसीसी अनुदान सहायता नेपालले स्वीकार गर्न नहुने बताए । नेता नेपाल ओली सरकारको ‘घातक योजना’ तुहाउन खुलेरै लागेको देखिएको छ । पाँच वर्षभित्र नेपालमा करीव ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारण लाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने उनले दाबी गरे । नेता नेपालले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने बताएका छन् । ओली सरकार र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाट अनुमोदन हुने दाबी गरिरहेका बेला नेता नेपालले भने, ‘एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ । यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ ।’ उनले इन्डो–प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको बताएका छन् । नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै नेता नेपालले आफूहरूले एमसीसीबाट अनुदान लिए दीर्घकालीन समस्या देखा पर्ने बताएका छन् । नेकपाभित्रै प्रचण्ड समूह र भीम रावल लगायत नेताले एमसीसीको विरोध गरिरहेका छन् । अमेरिकी सहयोगको एमसीसीको खुलेरै विरोध गर्ने नेतामा माधव नेपाल पनि थपिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०२:४८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend