आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सूर्य थापा र भीम रावलबीच वाक युद्ध, नेकपामा हंगामा

सूर्य थापा र भीम रावलबीच वाक युद्ध, नेकपामा हंगामा

  • मंगलवार, पौष १५ २०७६

  • 6.4K
    SHARES

  • काठमाडौं– नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालै वाकयुद्ध चलेको छ । दुई नेताबीच केही दिन यता वाक युद्ध चर्किएको हो । पार्टी र सरकारका गतिबिधिबारे रावलले खरो आलोचना गरिरहेका छन् । नेता रावललाई थापाले एक्लो बृहस्पति नबन्न चेतावनी दिएपछि रावलले त्यसको जवाफ दिएका छन् । के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ? भन्दै प्रतिप्रश्न गरेका छन् । ‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो। अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखेँ र आन्दोलनमा नेतृत्व गरेँ भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो । मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई “राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो । मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त रु के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त रु म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु’, रावलको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन् । नेता रावलले प्रधानमन्त्रीका सल्लाहकार थापाले आफूलाई धम्की दिएको उल्लेख गर्दै यस्ता धम्कीले सुकेको हाँगाको पात पनि नझर्ने बताएका छन् । ‘सूर्य थापाजीले “एक्लो बृहस्पति” हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्किले सुकेको हाँगाको पात पनि झर्दैन । गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र बाट नेकपाको उम्मेदवार हुनुभएका कमरेड वामदेव गौतमलाई हराउनको लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो, कारबाही होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भर्खरै सम्पन्न चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ । निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिँजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसूश भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा । जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि–सम्झौताहरु रहिरहने छन्, नेपालमा वाह्य हस्तक्षे भइरहनेछ, शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन् तबसम्म मैले मात्र होइन देशभक्त–लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्त रुपमा उत्रने छन्’, रावलले थपेका छन् । होली वाइनदेखि, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासँग गरिएको सम्झौतासम्म मैले भनेको कुनैपनि कुरा तथ्यसँग मेल खाँदैन भनेर प्रमाणित गर्न सल्लाहकार थापालाई रावलले आग्रह गरेका छन् । ‘ सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखाना देखि तत्कालीन नेकपा (एमाले) मा देखे भोगेका कुरा र गुटबन्टीका पत्र–पत्रहरु लगायत अन्य तथ्यहरुमा समेत बहस गरौँला । यद्यपि जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला’, रावलले अघि लेखेका छन् । नेता रावलका दुई कवितामाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका थिए । रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र उनले हालै स्थायी कमिटि बैठक चलिरहँदा बैठकमै सुनाएको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सामाजिक सञ्जालमा शेयर गर्दै थापाले कटाक्ष गरेका हुन् । यसअघि पार्टी स्थायी कमिटि बैठकका निर्णय मिडियामा सार्वजनिक गरेको भन्दै थापाले रावलको आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै रावलले आफूलाई जिम्मेबारीको उपदेश दिने धृष्टता नगर्न थापालाई सचेत गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०९:२५:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend