काठमाडौँ- पछिल्लो समयमा एकदमै आशा लाग्दा गायक बाबुराम भट्टराईको आवाजमा लोकदोहोरी गीत 'लाम्च मोया...' सार्बजनिक भएको छ । गीतमा उनलाई गायिका तारा थापा मगरले साथ दिएकी छिन ।
सुनाखरी मल्टि मिडिया युटुब च्यानलबाट संसार भर सार्बजनिक भएको गीतले थोरै समयमा चर्चा बटुल्न सफल भएको छ ।
चर्चित गायक तथा सर्जक माधब थापाले गीतको शब्द तथा लय गरेका हुन् ।
हेमन्त शिशिरको संगीत संयोजनमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल बिकाश थोकर र संज्जु चौहानको दमदार अभिनय देख्न सकिन्छ ।
निर्देशक तथा कोरियोग्राफर काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोको सम्पादन दिपक बिस्टले गरेका हुन् ।
https://www.youtube.com/watch?v=v3Dm53GJXLo&feature=youtu.be&fbclid=IwAR1xQ7Yn6-Ku3ls2FEPvPlC5tzv_NL9ysq81JI1uHThDC-nYBVsaq91jVI4
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।