आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

महराभन्दा पावरफुल सिद्धबाबा, उस्तै मुद्धामा बाबा छुटे, महरा थुनामै

महराभन्दा पावरफुल सिद्धबाबा, उस्तै मुद्धामा बाबा छुटे, महरा थुनामै

  • मंगलवार, पौष १५ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं– उस्तै प्रकृतिको मुद्धामा सिद्धबाबा भनिने कृष्णदास गिरी छुट्दा पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै छन् । दुवैमाथि महिला जबर्जस्तीकरणी अभियोग लागेको छ । यसरी हेर्दा महरा भन्दा बाबा शक्तिशाली देखिएका छन् ।

    महरा संघीय संसद् सचिवालयकी एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा अहिले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनले धरौटीमा रिहा हुन उच्च अदालत पाटनमा दिएको निवेदन खारेज भएको छ ।

    तर, आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भने तीन लाख धरौटीमा रिहा भएका छन् । उनी प्रहरी हिरासतमा नबसीकनै विरामी भएको बहाना बनाएर नर्सिङहोममै एक महिना काटे । सोमबार अदालतमा तीन लाख बुझाएर उनी रिहा भए ।

    सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यस आधारमा महराभन्दा सिद्धबाबा पावरफुल देखिएका छन् ।

    सिद्धबाबाको राजनीतिक पहुँच निकै माथिसम्म छ । प्रहरी अधिकृतहरू उनीसँग सिधा आँखाले हेर्न पनि सक्दैनन् । राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग उनको पहुँच भएकाले पनि उनी बलात्कार जस्तो गम्भीर मुद्दामा उम्केको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०४:३४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend