आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

यी हुन् कांग्रेसका ‘जंगबहादुर’ जसले विधान र पद्दतीलाई धोती लगाइदिए !

यी हुन् कांग्रेसका ‘जंगबहादुर’ जसले विधान र पद्दतीलाई धोती लगाइदिए !

  • मंगलवार, पौष १५ २०७६

  • 9.0K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, पद्दती र नियम त मिचेकै थिए अब जंगबहादुर शैलीमा निर्णय पनि गराउन सुरु गरेका छन् । जसका कारण कांग्रेसभित्र गुटगत समिकरणका पहिरो जाने लगभग निश्चित भइसकेको छ । अर्को कार्यकालमा पनि सभापति बन्ने अभिलाषा राखेका ७७ बर्षिय देउवाले पार्टीका विभाग २७ बाट ४१, तरुण दलको अवधि ६ महिना थप्ने, आगामी बर्षको फागुनमा मात्रै महाधिवेशन गर्ने निर्णय गरेर जंगबहादुर राणाको शैली अपनाएको कांग्रेस नेताले नै आरोप लगाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता भएका नाताले सरकारलाई विधि विधान र संविधानका दायरा सिकाउनेले आन्तरिक पार्टी निर्णयमा तानाशाही व्यवाहार देखाएको भन्दै उनको आलोचना पदाधिकारी, बरिष्ठ नेतालगायतबाट नै हुन थालेको छ । महामन्त्री डा. शशांक कोइरालाले त अब देउवाको नेतृत्व फेरि आए कांग्रेस समाप्त हुनसक्नेसम्मको चेतावनी दिएका छन् । यसै साता केन्द्रीय समितिको बैठक डाकी देउवाले मनलाग्दी निर्णय गराइछाडे, जसमा रामचन्द्र पौडेललगायतका नेताको सहभागीता नै थिएन । सहमतिका आधारमा हुनुपर्ने निर्णय बहुमतका आधारमा गरेर पार्टीजीवन नै ध्वस्त बनाएको नेताहरूको कथन छ । १३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापति बन्न सफल भएका देउवाले चुनावमा पार्टीको अवस्थालाई ध्वस्त पारेका थिए । कतिपय ठाउँमा तत्कालिन माओवादीसँग सहकार्य गरेको, महाअभियोगलगायतका मुढेबलका काम गरेर कांग्रेसलाई जनतामा अलोकप्रिय बनाएको आरोप खेपीरहेका उनले पार्टी सत्तामा बसेर पदको दुरुपयोग गरेको हुन् । ‘जंगबहादुरका पालामा पनि यतिसम्मको अराजकता र मनलाग्दी काम भएको थिएन होला, जुन सभापतिले गरिरहेका छन् । सहमतिका आधारमा नै बहुमत र अल्पमतको निर्णय हुने गर्छ । एउटा तप्का बैठकमा सहभागी नभएको मौकामा मनलाग्दी निर्णय भयो’, एक केन्द्रीय सदस्य भन्छन्,‘भ्रातृ संगठनदेखि अनेक संस्थालाई ध्वस्त पारेपछि पार्टीलाई पनि खरानी बनाउने व्यवाहार उत्रिएको प्रस्ट देखियो ।’ त्यसो त नेपाल विद्यार्थी संघका लागि पारित गरिएको विधान मिचेरै नेतृत्व ५० कटेकालाई दिन लागेको भनी विरोध भएको थियो । जहाँ कार्यकर्तालाई अपशव्द नै बोलेर देउवाले गाली गरेका थिए । त्यसबेला पनि उनको चर्को आलोचना भएको थियो । यति मात्र होइन, देउवाको चरित्रलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले व्यंग्यात्मक रुपमा कुरा नै नबुझिनेसम्म भनेकी थिइन् । ‘उहाँको कार्यशैली प्रधानमन्त्री हुँदा होस् वा सभापति हुँदा एउटै खालको देखिएको छ । हिजोको दिनमा जस्तै अहिले पनि पदको दुरुपयोग गरी मनपरी निर्णय लिन थाल्नु भयो’, कांग्रेस उच्च स्रोतले भन्यो,‘बुढानिलकण्ठलाई मुकाम बनाएर कांग्रेसलाई एक्लौटी ढंगले चलाउने कोशिश भएको छ यो मान्य हुँदैन ।’ देउवाको पछिल्लो निर्णयको विरोधमा पौडेलले तल्ला तहसम्म नै पार्टीमा भण्डाफोर गर्दै हिँड्ने बताइसकेका छन् । यहाँसम्मकी पत्रकार सम्मेलन गरेरै आफ्ना सभापतिविरुद्ध पौडेलले आक्रोश व्यक्त गरेका थिए । देउवाका यस्तो हर्कतका विषयमा भने कांग्रेसमा उदाइरहेको कृष्णप्रसाद सिटौलाको समूह भने मौन रहेको छ । देउवाविरुद्ध पौडेलसहित महामन्त्री कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमानसिंहलगायतको ठूलो खेमा लागेको छ । ‘हिजोका दिनमा कोइराला परिवारले देउवालाई जसरी पेलेको थियो, उनीहरूले पनि पेलिनुपर्दाको पीडा खेपीरहेका छन्’, स्रोतले भन्यो,‘गिरीजाप्रसाद कोइरालालेचाहिँ विधि र विधान मिचेर जे गर्दा नि ठिक थियो, अहिले देउवाले गर्दाचाहिँ गलत भयो ?’ यति मात्र होइन केन्द्रीय समितिका बैठकमा पनि कतिपयको भनाभन नै हुने गरेको थियो । यहि क्रममा महासमिति सदस्यहरूको भेला गरी महाधिवेशनलगायतका विषयमा निर्णय भएको थियो । पौडेल समूहले महासमितिको निर्णयविरुद्ध केन्द्रीय समितिमा बहुमत भएको नाममा पेलेको आरोप लगाउँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०३:४२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend