जनकपुरधाम – समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाडेपछि वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् ।
सोमवार महोत्तरी जिल्लाको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडि बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिए ।
समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेशी र पहाडका जनजाति भित्रभित्रै छटपटाइरहेका छन् । समयमै नचेते ठूलो विस्फोट हुन्छ ।’
विस्फोटमा मधेशी जनताको जीत हुने भन्दै यसको लागि मधेशी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे । संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दाबी गरे ।
उनले अब संसद र सडक संघर्ष गर्ने उद्घोष गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।