आइतवार, पौष १३ २०७६
काठमाडौं– पारस खड्का नेपालमा आयोजना हुने तीनवटै फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेट जित्ने पहिलो कप्तान बनेका छन् । पोखरामा शनिबार सम्पन्न दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जित्दै पारस तीन फ्रेन्चाइज जित्ने पहिलो कप्तान बनेका हुन् ।
पारसले यस अघि काठमाडौं हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) र धनगढीको धनगढी प्रिमियर लिग (डीपीएल) जितेका थिए । पारसको कप्तानीमा रहेको टिम चौराहा धनगढीले पहिलो संस्करणको डीपीएलको उपाधि जितेको थियो । यस्तै विराटनगर वारिवर्सबाट पारसले ईपीएलको दोस्रो संस्करणको उपाधि उचालेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।