आइतवार, पौष १३ २०७६
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले कार्यकाल सकिएका खेलकुद संघलाई तत्काल निर्वाचन गर्न निर्देशन दिएको छ । राखेपले त्यस्ता संघलाई तीन महिना भित्र निर्वाचन गर्न निर्देशन दिएको हो ।
परिषद् दर्ता भएका सम्पुर्ण संघलाई पत्राचार गर्दै राखेपले चार बर्षको कार्यकाल समाप्त भएका संघलाई कार्यकाल सकिएको मितिले एक महिना भित्र निर्वाचन गर्ने मिति तोकेर तीन महिना भित्र संघको साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।
राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले खेल संघलाई पत्र लेख्दै समयमै कार्य सम्पादन गर्न आग्रह गरेका छन् । यस्तै, खेलकुद ऐन अनुसार परिषद्मा दर्ता भएर अध्यावधी नगराएका, लामो समयदेखि बार्षिक खेलकुद कार्यक्रम तथा बार्षिक लेखा परिक्षण प्रतिवेदन नबुुझाएका, प्रत्येक बर्ष संघको साधारण सभा नगरेका, प्रत्येक चार चार बर्षमा सम्बन्धित जिल्ला संघ गठन गरेर निर्वाचन प्रक्रियामा नगएका र प्रत्येक बर्ष संघको नविकरण समेत नगर्ने संघले राखेपबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनुपर्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।