आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शिर्ष पाँचमा उक्लियो

बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शिर्ष पाँचमा उक्लियो

  • आइतवार, पौष १३ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको छ । एन्थोनी मार्सियसल र मार्कुस रासफोर्डको गोलमा युनाइटेडले बर्नलीलाई उसकै मैदानमा हराएको हो ।

    खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नु परेको थियो । ४४ औं मिनेटमा एन्ड्रियस पेरेराको पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

    इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

    जितसँगै युनाइटेड २० खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बर्नली २४ अंकसहित १३औं स्थानमा छ । लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा तथा लेस्टर सिटी ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ३८ अंकसहति तेस्रो तथा चेल्सी ३२ अंक जोडेर शीर्ष चारमा अटाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६०३:५२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend