आइतवार, पौष १३ २०७६
काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएको छ भने टोटेनहम हस्टपर नर्विच सिटीसँग बराबरीमा रोकिएको छ । लेस्टरले वेस्ट ह्याममाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो ।
लन्डन स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा लेस्टरको जितमा केलिची इहिनचो र देमाराई ग्रेले गोल गरे । घरेलु टोलीका पाब्लो फोर्नल्सले एक गोल फर्काए । खेलको १२औं मिनेटमा लेस्टरका देराराई ग्रे पेनाल्टीमा चुक्दा लेस्टरले खेलमा अग्रता लिनबाट चुकेको थियो । केलिचीलाई वेस्ट ह्यामका गोलरक्षक लुकास फावियन्स्कीले बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा देराराईले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फावियन्स्कीले बचाए । ४०औं मिनेटमा केलिचीले एयोजी पेरेजको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
४५ औं मिनेटमा घरेलु टोलीका पाब्लो फोर्नल्सले बराबरी गोल फर्काए । ५६औं मिनेटमा देराराईले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टर २–१ ले विजयी हुन सफल भयो । जितसँगै लेस्टरले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउदा तेस्रो स्थानमो म्यानचेस्टर सिटीलाई ४ अंकले पछि पारेको छ । लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ । वेस्ट ह्याम १९ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।
अर्को खेलमा टोटेनहमले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । टोटेनहमले खेलमा दुई पटक पछि परेपनि खेललाई बराबरीमा ल्याउन सफल भएको हो । नर्विचका मारियो भ्रानिकले गोल गरे । एक गोल उपहार पाएको थियो । टोटेनहमका क्रिस्टियन इरिक्सन र ह्यारी केनले गोल गरे । । नर्विचका टिमु पुक्कीले गोल गरेपनि भिएआरले मान्यता दिएन । बराबरीसँगै टोटेनम २० खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नर्विच १३ अंक जोडेर पुछारमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।