आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले बनायो नेपालीका भाञ्जालाई विदेश सचिव

भारतले बनायो नेपालीका भाञ्जालाई विदेश सचिव

  • शनिवार, पौष १२ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं–भारतले अमेरिकाका लागि राजदूत रहेका हर्षवर्द्वन शृंगलालाई नयाँ विदेश सचिवमा नियुक्त गरेको छ । भारतका विदेश सचिव विजय गोखलेको पदावधी सकिन केहीदिन बाँकी रहेका बेला शृंगलालाई विदेश सचिव नियुक्त गरिएको हो । गोखलेको पदावधि सकिनासाथ शृंगलाले कार्यभार सम्हाल्नेछन् । भारतीय विदेश सचिव पदीय हिसावले पनि छिमेकी मुलुकका लागि महत्वपूर्ण पद हो । नेपाली, अंग्रेजी, हिन्दी, भियतनामी, फ्रेन्च भाषासमेत राम्रोसँग बोल्ने भारतीय विदेश सचिव शृंगला भने नेपालीका भाञ्जा हुन् । ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन् । उनका पिता छिरिङ्ग शृंगला दार्जीलिङ्गमा पढ्दै गर्दा त्यहाँ पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध गाँसिएको थियो । उनले त्यसपछि हरिदेवीसँग नै विवाह गरेका थिए । सचिव शृंगला परिवारको जेठो छोरो हुन् । उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार ललितपुर स्थायी बासिन्दा हुन् । शृंगलाले सन् २०२० को जनवरी २९ बाट भारतको ३३ औं विदेश सचिवका रुपमा काम सुरु गर्दैछन् । अहिले उनी अमेरिकाका लागि भारतका राजदूत छन् । उनले यसअघि बंगलादेशका लागि भारतको उच्चायुक्त र थाइल्यान्डको लागि भारतको राजदूतका रुपमा समेत काम गरिसकेका छन् । उनले बंगलादेशसँगको सीमा समस्या समाधानमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनी अंग्रेजी र हिन्दीका अतिरिक्त भियतनामी, फ्रेन्च र नेपाली भाषापनि बोल्ने इकोनोमिक टाइम्सले जनाएको छ । उनी भारतीय विदेश मन्त्रालयमा बंगलादेश, म्यानमार, श्रीलंका र माल्दिभ्स मामिलाका प्रमुखका रुपमा पनि काम गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०८:३३:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend