आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिड्नीमा ‘भिजिट नेपाल’को भव्य तयारी

सिड्नीमा ‘भिजिट नेपाल’को भव्य तयारी

  • शनिवार, पौष १२ २०७६

  • 7.9K
    SHARES

  • सिड्नी– ‘समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं’ भन्ने नाराका साथ सुरू हुन लागेको भिजिट नेपाल २०२० लाई सफल बनाउन अस्ट्रेलियाको सिड्नीमा आगामी जनवरी ७ तारिखका दिन विविध कार्यक्रमको आयोजना गरिने भएको छ। नेपाल सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरू गरेको भिजिट नेपाल अभियानलाई सफल बनाउन नेपाली राजदूतावास, एनआरएनलगायत सामाजिक संघ संस्था हातेमालो गरेर अगाडि बढेका हुन्। जनवरी ७ तारिखका दिन सिड्नीको विभिन्न स्थानमा नेपालको परिचय दिने पर्चा पम्पलेट बाँडेर सुरू गरिने कार्यक्रममा दिउँसो नेपाली भेषभूषा र कला संस्कृति झल्कने विविध परिचयसहित सिड्नीको पर्यटकीय स्थलमा विविध कार्यक्रम गरिने भएको छ । यसैगरी जनवरी ७ तारिखका दिन बेलुका एनएसडब्लको संसद भवनमा रात्रीभोजको आयोजना गरिने र स्थानीय राजनीतिक दलका नेतासहित अस्ट्रेलियामा रहेर नेपालको विकास निर्माणमा सहयोग र्पुयाउने व्यक्तित्वहरूलाई आमन्त्रण गरिने एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले बताए । यस अभियानको अगुवाका रूपमा लागिपरेका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सबैको सहयोग र सद्भावले मात्र यो प्रयास सफल हुने बताउँदै मुलुकको भविष्यसँग जोडिएको पर्यटन विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। राजदूत दाहालले भिजिट नेपाल राज्यको मात्र नभएर नेपालसँग जोडिएका सबै नेपालीको साझा अभियान भएकोले यसलाई सफल पार्नु सबैको दायित्व भएकोले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान पनि गरे। कार्यक्रममा न्यु साउथवेल्सका महावाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियाको नेपाली समाज सधैं मुलुकको विकास र विस्तारका लागि तत्पर भएकोले भिजिट नेपाल अभियानलाई अस्ट्रेलियाबाट सहयोग पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०८:२९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend