आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नयाँ बर्षको रौनकः उपत्यका बाहिरका होटल भरिभराउ

नयाँ बर्षको रौनकः उपत्यका बाहिरका होटल भरिभराउ

  • शनिवार, पौष १२ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं– अंग्रेजी नयाँ वर्ष सन् २०२० नजिकिँदा मुलुकभरका होटल भरिभराउ हुन थालेका छन् । देशभरका विभिन्न पर्यटकीय गन्तव्यमा घुमघामका लागि पुग्नेको चाप बढेको छ । यसरी पुग्नेमा आन्तरिक पर्यटक अगाडि छन्। चितवन, पोखरा, धुलिखेल र लुम्बिनी लगायतका गन्तव्यमा यतिखेर ८० प्रतिशत माथि होटल अक्युपेन्सी कायम रहेको व्यवसायीले बताएका छन्। यो बेला विदेशी घट्ने भएकाले स्वदेशीलाई लक्षित गर्दै पर्यटन व्यवसायीले छुटका विभिन्न प्याकेज सार्वजनिक गरेका छन्। नेपालीको घुमघामको बानी बढ्दा वाह्य पर्यटक कम हुँदा पनि पर्यटन व्यवसायलाई भरथेग भइरहेको होटल व्यवसायी बताउँछन् । जनवरी १ (आगामी बुधबार) मै उद्घाटन हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले खास खास गन्तव्यका लागि अग्रीम बुकिङ सुरू गरिसकेका छन् । पोखरामा ४० प्रतिशत होटलका कोठाहरू अग्रीम बुकिङ भइसकेको पोखरा क्षेत्रीय होटल संघले जनाएको छ । यसैगरि न्यु इयरकै लागि धुलिखेलमा सञ्चालित होटलहरू पूर्ण रूपमा अग्रीम बुकीङ भइसकेको क्षेत्रीय होटल संघले जनाएको छ । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा चितवनमा पनि यतिबेला पर्यटकको आगमन दर बढेको छ । आन्तरिक पर्यटक धेरै आइरहेको चितवन क्षेत्रीय होटल संघले जनाएको छ । चितवनमा जनावरी १ तारिखमा प्रदेश स्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र त्यसको तेस्रो दिन भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०८:२०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend