काठमाडौ– माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजना तीन महिनाभित्र निर्माण सम्पन्न हुने भएको छ ।
चैत महिना भित्रै आयोजनाको काम सकिने लिवर्टी इनर्जी कम्पनीले जनाएको छ ।
२५ मेगावाटको यो आयोजनाको ९५ प्रतिशत निर्माणको काम सकिएको कम्पनीले जनाएको छ । कम्पनीले ३७ करोड ५० लाख बराबरको सेयर सर्वसाधरण र प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्ने भएको छ ।
सेयर जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौंता गरिसकेको छ । कम्पनीका अनुसार सेयर जारी गर्न धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतीका लागि कागजात पेश गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।