काठमाडौं - मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् ।
शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले भारतको नयाँदिल्लीबाट सिए गरेकी छन् ।
रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन् । स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहीबार साँझ भएको प्रतियोगितामा तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल
स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेज ३, गोरखाकी पुजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी रेनुका पुन स्टेट ५ घोसित भए ।
प्रतियोगितामा नेपाली सेनाका पुर्वउपरथी होमकुमार लाओती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य माधव प्रधान, मिस मंगोल नेपाल २०१५ डा। निमा पुन रहेका थिए ।
प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो । आआफ्नो विधामा मिस मंगोल प्रतियोगितासंग सहयात्राको एक दशक पुरा गरेको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।
मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवं नेतृत्वदायी भुमिका निर्वाहलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि मुलुकको संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो ।
यस प्रणाली अनुसार हरेक स्टेटबाट एकएक जना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ । प्रतियोगिताको यो ११औं संस्करण हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।