आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सन्तोष भए नयाँ मिस्टर नेपाल

सन्तोष भए नयाँ मिस्टर नेपाल

  • शनिवार, पौष १२ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं - सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शिर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् । एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए । बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो । विजेतालाई आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशिल पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शिर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् । काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा सप टाइटल बेष्टट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेस राज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनाच चौधरीले प्राप्त गरे । १७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको छ । ‘मिष्टर नेपाल’ प्रतियोगीता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०५:५२:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend