आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

छातीमा गोली हानेर पनि बाँचेका प्रहरी जवान शौचालयमा मृत भेटिए !

छातीमा गोली हानेर पनि बाँचेका प्रहरी जवान शौचालयमा मृत भेटिए !

  • शुक्रवार, पौष ११ २०७६

  • 4.4K
    SHARES

  • विराटनगर – मोरङको ईलाका प्रहरी कार्यालय उर्लाबारीमा एक वर्षअघि कार्यरत रहँदा आफ्नै छातीमा गोली प्रहार गरेका पनि बाँचेका प्रहरी जवान सञ्जिव खड्काको शव वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा फेला परेको छ । शौचालयमा झुण्डिएको अवस्थामा खड्काको शव भेटिएको हो । शुक्रबार दिउँसो उनी कार्यरत रहेको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर बलोमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले खड्काले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए । एसपी अधिकारीले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् । ‘प्रहरी जवानलाई बचाउनका लागि धेरै प्रयास गरिएको थियो । अन्तिममा शौचालयमा झुण्डिएको अवस्थामा शव भेटियो,’ उनले भने । खड्काको शव परिवारका सदस्य आएपछि जिम्मा लगाउने गरी कानूनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । खड्का चार दिनदेखि मात्रै वडा प्रहरी कार्यालयमा कार्यरत थिए । प्रहरीका अनुसार खड्काले केही दिन अघिदेखि टोलाउने, एकसुर भएर हिँड्ने, साथीभाइहरूसँग नबोल्ने, एक्लै बस्न रुचाउने जस्ता गतिविधि गरिरहेका थिए । खड्काले मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत रहँदा २०७५ पुस ९ गते ‘थ्री नट थ्री’ राइफलबाट छातीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए । स्वास्थ्य अवस्था ठीक भएपछि काममा फर्किएका उनले पछि आफैंले आत्महत्याको प्रयास गरेको बताएका थिए । आत्महत्याको प्रयास गरेपछि उनलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ११ २०७६०३:०१:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend