आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बुहारी बिनालाई मन्त्री बनाइराख्न सभामुख पद छाड्दा प्रचण्डलाई फसाद !

बुहारी बिनालाई मन्त्री बनाइराख्न सभामुख पद छाड्दा प्रचण्डलाई फसाद !

  • बिहिवार, पौष १० २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं – संसदमा सभामुख चयन प्रक्रिया सुरू हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फसादमा परेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा बुहारी बिना मगरलाई मन्त्री बनाइराख्ने शर्तमा प्रचण्डले सभामुखमा पूर्व माओवादीको दाबी छाड्ने सम्झौता गरेको चर्चा नेकपाभित्र चुलिएको छ । प्रचण्डले बुहारीको मन्त्री पदसँग सभामुख पद साटेको चर्चा चलिरहेकै बेला पूर्व माओवादी खेमाका नेताले सभामुख पद छाड्न नहुने दबाब प्रचण्डलाई दिइरहेका छन् । सभामुख पद छोड्न नहुने भन्दै पूर्व माओवादी खेमाका केही नेताहरूले प्रचण्डमाथि दबाब बढाउँदै लगेका छन् । प्रचण्डले हालसम्म बुहारीको मन्त्री पद जोगाउन पूर्व एमालेसँग सभामुख पद छाडेको भनेर मुख खोल्न नसकेको स्रोतले जनाएको छ । प्रचण्डले औपचारिक रुपमै कुनै पनि बेला सभामुखको अडान छाड्ने खतरा देखेपछि पूर्व माओवादी खेमा सशंकित बनेको छ । मंसिर २९ गतेदेखि एक हप्ता चलेको पार्टीको स्थायी समिति बैठकमा सभामुखबारे छलफलको एजेन्डा नै नराखिएपछि पूर्व माओवादी नेताहरू असन्तुष्ट देखिएका छन् । माओवादी केन्द्रबाट सभामुख बनेका कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । पार्टी एकता गर्दा तत्कालीन एमालेलाई प्रधानमन्त्री, राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष र माओवादी केन्द्रलाई सभामुख पदको भागबण्डा गरिएको थियो । पार्टी एकता अझै बाँकी भएको र नेताहरूको जिम्मेवारी समेत नतोकिएको अवस्थामा शक्ति सन्तुलनका लागि पनि सभामुखमा पूर्व माओवादी समूहले नै पाउनुपर्ने आग्रह गरिएको स्थायी समिति सदस्य मणि थापाले बताएका छन् । हिउँदे अधिवेशन सुरू भएपछि प्रचण्ड निवास खुमलटारमा सभामुखको विषयलाई लिएर दैनिक ५–७ जना नेताहरू पुग्ने गरेका छन् । ‘सबै नेताको जोड सभामुख कुनै हालतमा छोड्नु हुँदैमा भन्ने छ,’ स्रोतले भन्यो, ‘प्रचण्डले ओलीसँग सहमति गरिहाल्ने खतरा देखेर नेताहरूले खुमलटारमा उपस्थिति बाक्लो बनाएका छन् ।’ पूर्व एमाले निकट स्रोतका अनुसार प्रचण्डले सभामुख पदमा पूर्व माओवादीको दाबी छाडिसकेका छन् । पार्टीको कार्यकारी अध्यक्ष र बुहारी बिनालाई मन्त्री बनाइराख्ने शर्तमा प्रचण्डले सभामुख पदमा दाबी नगर्ने सहमति गरिसकेका छन् । प्रधानमन्त्री ओलीसँग प्रचण्डले गरेको गोप्य सहमति सार्वजनिक नगरेपनि अन्तिममा पूर्व एमालेबाटै सभामुख निर्वाचित हुने स्रोतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १० २०७६०१:४६:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend