काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप जिम्मेवारी दिएकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले ओलीलाई विभिन्न मन्त्रालयको थप जिम्मेवारी दिएको जनाएका छन् ।
उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरुले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।’

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ओली सरकार नेकपाको एकल भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट ओली सरकार एक्लिएको छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको दल नेकपा बाहेक सबै दल प्रतिपक्षी बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।