बुधवार, पौष ९ २०७६
काठमाडौं– विश्वकै शक्तिशाली केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले दुई तिहाइ समर्थन मंगलबार गुमाएको छ । सरकारमा सहभागी समाजवादी बाहिरिएपछि नेकपाको ओली सरकारले दुई तिहाइ समर्थन गुमाएको हो । सत्तारुढ नेकपाले दुई बुँदे सहमति तोडेको र संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओली अस्वीकार गरेपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै समाजादीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरीमन्त्री मोहम्मद इश्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिएसँगै ओली सरकारले दुई तिहाइ समर्थन गुमाएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर, समाजवादी सरकारसँग बाहिरिएसँगै अब सत्तारुढ नेकपासँग १ सय ७४ जना सांसद छन् । १५ जना सांसद रहेको समाजवादी बाहिरिएपछि नेकपाको १ सय ७४ सांसदले साधारण बहुमत मात्रै पुग्छ ।
संविधान संशोधनसहित विशेष निर्णय लिनुपर्दा संसदमा दुई तिहाइ समर्थन पुर्याउनु पर्ने हुन्छ । अब यस्ता निर्णय लिन भने सरकारले अन्य दलको समर्थन लिनुपर्ने हुन्छ । यदी राजपा सरकारमा गयो भने फेरि ओली सरकारले दुई तिहाइ समर्थन प्राप्त गर्छ । राजपासँग १६ जना सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।