आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सेलपे सेवा र सस्तो डिलबीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य

सेलपे सेवा र सस्तो डिलबीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य

  • बुधवार, पौष ९ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ईकमर्स प्लेटफर्म सस्तो डिलसँग आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरको लागि सहकार्य गरेको छ। यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ। यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तो डिलसँग सहकार्य गरी सेल–ए–ब्रेसन अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकहरुले सस्तो डिलमार्फत प्रथम पटक कुनै पनि सामान खरित गर्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एप्पमा लोयल्टी पोइन्टस्को रुपमा पाउनेछन् र थप १० प्रतिशत छुट जस्तै डिजेआई, डा.ब्राउन, क्रेन, हिमालयन बेबी केर, एनर्जाइजन्र र एक्स ऐजका सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन्। सस्तो डिलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तो डिलमार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्ने हुन्छ। र ‘पे नाउ’मा ट्याप गर्न सकिन्छ। यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट् शुल्क नलाग्ने, लोयल्टी पोइन्टस रहेका छन्। सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी-टू-पी, पी-टू-बी, बी-टू-पी, बी-टू-बी आदि वास्तविक समयमा गर्न सकिन्छ। यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ९ २०७६०३:३०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend