आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गोदावरीमा सामुदायिक भवन हस्तान्तरण,स्थानीयमा खुसियाली

गोदावरीमा सामुदायिक भवन हस्तान्तरण,स्थानीयमा खुसियाली

  • बुधवार, पौष ९ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं– रोटरी क्लव अफ जावालाखेल मञ्जुश्रीसहितका विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा गोदावरी नगरपालिका– १३ झरुवारासीमा सामुदायिक भवन निर्माण गरिएको छ ।

    दुई कोठे पक्की भवन मंगलबार स्थानीयलाई हस्तान्तरण गरिएको हो । सात लाख पचास हजार रुपैयाँ नगद र स्थानीयको जनश्रमदानबाट सन्तानेश्वर झरुवागुठी सामुदायिक भवन निर्माण गरिएको सामुदायिक भवन निर्माण समितिका संयोजक सानुभाई थापाले बताए । उनले किरियापुत्री, सामाजिक कार्यलगायतमा भवनको प्रयोग गरिने बताए । रोटरी क्लव अफ जावालाखेलले ३ लाख रुपैयाँ र १५ बोरा सिमेन्ट, गोदावरी नगरपालिकाले एक लाख पचास हजार रुपैयाँ, सिनिक हाउजिङले १ लाख पचास हजार रुपैयाँ र झरुवागुठीले एकलाख पचास हजार नगद सहयोगमा भवन निर्माण गरिएको हो । सबैभन्दा बढी दलितवस्ती रहेको झरुवारासीमा ४० घरधुरी रहेका छन् ।

    कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री एवं कांग्रेसका नेता उदय शम्शेर राणाले विकास निर्माणको सबैको हातेमालो आवश्यक रहेको बताए । उनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर नागरिकहरु विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

    ‘तीन तहकै सरकारबीच विकास निर्माणमा तालमेल मिलेको छैन,’ उनले भने, ‘यसले गर्दा विकास निर्माणले अपेक्षाकृति गति लिन सकेको छैन ।’ उनले आफू निर्वाचनमा पराजित भएपनि ललितपुरको विकासमा सधैं सक्रिय रहेको उल्लेख गरे । गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले सामाजिक संघ÷संस्थाहरुले विकास निर्माणमा गरेको योगदान प्रशंसनीय रहेको बताइन् । ‘रोटरी क्लव अफ जावालाखेलले गोदावरी क्षेत्रमा धेरै राम्रा काम गरेको छ, हामी विकास निर्माणमा सामाजिक संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं,’ उनले भनिन् ।

    रोटरी क्लव अफ जावालाखेल मञ्जुश्री र सन्तानेश्वर झरुवागुठी उपभोक्ता समिति र गोदावरी नगरपालिकाको संयुक्त लगानी सामुदायिक भवन निर्माण समितिको संयोजक सानुभाई थापाले जानकारी दिए । वडाध्यक्ष भाष्कर थापाले नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए । रोटरी क्लप अफ जावालाखेलका अध्यक्ष पुनम शाहले विकास निर्माणमा आफूहरुले स्थानीय सरकारसँग सधैं सहकार्य गर्ने बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ९ २०७६०३:१०:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend