आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कुलमानलाई ओलीले काम गर्न दिएनन्, यसरी गराइयो व्याक !

कुलमानलाई ओलीले काम गर्न दिएनन्, यसरी गराइयो व्याक !

  • बुधवार, पौष ९ २०७६

  • 11.9K
    SHARES

  • काठमाडौं– गतसाता नेपाल विद्युत् प्राधिकरणले शिवम् सिमेन्टलाई एकसाताभित्र महशुल नतिरेमा लाइन काटिने निर्णय गरेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोरको लगानी शिवम् सिमेन्टमा छ । प्राधिकरणले एकसाताको समय दिएको बितेपनि पूर्वनिर्धारित कार्यक्रम अनुसार लाइन भने काटेन । लोडसेडिङको बेला डेटिकेटेट फिडर लिएर करिब डेढ अर्ब रुपैयाँ शिवम् सिमेन्टले नतिरेको प्राधिकरणले जनाएको छ ।

    उद्योगी र प्राधिकरणबीच डेटिकेटेट र ट्रकलाइन महशुलको विवाद रहेको छ । प्राधिकरणले बिल पठाएपछि उद्योगीहरु अदालत गएका थिए । अदालतले उद्योगीको पक्षमा आदेश दिएन । कानून अनुसार यसरी पठाएको बिलको पुनरावलोकनको लागि पुनरावलोकन समितिमा पठाउनुपर्ने व्यवस्था छ । जसमा बिल रकमको शतप्रतिशत रकम धरौटी राख्नुपर्ने व्यवस्था छ । अहिलेसम्म एउटा उद्योग बाहेक अन्य उद्योगले यसरी पठाएको बिल रकम पुनरावलोकनको लागि निवेदन दिएका भने छैनन् ।

    शिवम् सिमेन्टलाई एकसाताको समय दिएको प्राधिकरण भने प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेपपछि ब्याक भएको छ ।

    प्राधिकरणले बिल पठाएपछि उद्योगहरुले उद्योगमन्त्री लेखराज भट्ट र उद्योगराज्यमन्त्री मोति दुगडलाई भेटेका थिए । उद्योगी समेत रहेका उद्योगराज्यमन्त्री दुगडले उद्योगीहरुसँग लाइन नकाटिने र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गर्ने बचन दिएका थिए ।

    प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले बिल नतिरेका अरु उद्योगमा बिल पठाउन छाडेको छ । प्रधानमन्त्रीले सम्बन्ध निकायलाई सयुक्त रुपमा बैठक बसेर समस्याको समाधान गर्न निर्देशन दिएका छन् । जस अनुसार महशुल नतिरेका व्यवसायीले छुट पाउने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ९ २०७६०३:०३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend