काठमाडौँ- समाजवादी पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राइले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंगलबार राजीनामा बुझाएका छन् ।
उपप्रधान तगा कानुनमन्त्री उपेन्द्र यादवले नैतिक रूपमा सरकारमा बस्ने औचित्य सकिएकाले सरकारबाट फिर्ता भएको बताएका छन् ।
काठमाडौंमा उपलब्ध नेताहरूको बैठक पछि उपेन्द्र यादवले प्रधानमन्त्रीले संविधान संशोधनमा चासो नदेखाएको मन्त्रिपरिषद्मा लगेको प्रस्ताव पनि अस्वीकृत भएपछि सरकारका बसिरहनुको औचित्य नरहेको बताएका हुन् ।
उनले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ सम्मिलित कार्यदलको प्रस्ताव गरेको तर प्रधानमन्त्रीले अस्वीकार गरेको जानकारी दिए ।
उनले विज्ञहरूले प्रस्ताव तयार पार्ने र राजनीतिक दलहरूबीच छलफल गरेर संविधान संशोधन गर्नेगरी प्रस्ताव तयार पारिएको भए पनि प्रधानमन्त्रीले अस्वीकार गरेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।