आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसले गर्‍यो कम्युनिस्टलाई यतीसँगै सती पठाउने तयारी, गगन थापाले गरे खुलासा

कांग्रेसले गर्‍यो कम्युनिस्टलाई यतीसँगै सती पठाउने तयारी, गगन थापाले गरे खुलासा

  • सोमवार, पौष ७ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता एवं केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइको शक्तिशाली कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यती समूहको मालिक हो कि देशको प्रधानमन्त्री हो भनेर प्रश्न गरेका छन् । काठमाडौंको बत्तीपुतलीमा सोमवार एम्बुलेन्स वितरण कार्यक्रमपछि संवाददातासँग कुरा गर्दै युवा नेता थापाले गोकर्णको जंगल सहितका राष्ट्रिय सम्पत्ति व्यक्तिलाई दिएर कम्युनिस्टले ठूलो भ्रष्टाचार गरेको बताउँदै अब कांग्रेसले कम्युनिस्टलाई यतीसँगै सती पठाउने तयारी गरिरहेको बताएका छन् । ‘म भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले गोकर्णको जंगलसहित नेपाल ट्रस्टको नाममा रहेको राजाको सम्पत्ति किन धमाधम आफू निकटका व्यापारीलाई दिनुभएको छ ?’ प्रतिनिधि सभाका सांसद समेत रहेका नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली यती समूहको मालिक हो कि ? थापाले राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्ने नेताविरुद्ध नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । ‘नेपाली कांग्रेसले सरकारी सम्पत्ति दुरुपयोग गर्ने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर बस्दैन,’ उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । यो विषय पहिलो प्राथमिकताका साथ उठ्छ ।’ संसदमा बहुमत छ भन्दैमा राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्ने गरेर ऐन कानून बनाउन नमिल्ने उनले बताए । ‘गृहमन्त्रीलाई हटाएर प्रधानमन्त्रीले तोकेको मन्त्री नेपाल ट्रस्टको अध्यक्ष हुने व्यवस्था राखिएको छ,’ नेता थापाले भने, ‘आफू अनुकूलको निर्णय गर्न र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न यसो गरिएको रहेछ ।’ नेपाली कांग्रेसले राष्ट्रिय सम्पत्तिको दुरुपयोग रोक्नका लागि सदन र सडक दुवैतिर जोडदार रुपमा अभियान चलाउने बताए । उनले आवश्यक पर्‍यो भने सरकारविरुद्ध सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले नेपाल ट्रस्टमा रहेको राजा परिवारको सम्पत्तिलाई प्रधानमन्त्री ओलीले स्व. आङछिरिङ शेर्पाको यती समूहलाई कौडीको भाउमा दिएपछि देशभर सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६०२:५५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend