आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आफै–आफै ठुस्केर बैठकमै नबस्ने रामचन्द्र पौडेलले गरे यस्तो निर्णय

आफै–आफै ठुस्केर बैठकमै नबस्ने रामचन्द्र पौडेलले गरे यस्तो निर्णय

  • सोमवार, पौष ७ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं – उपनिर्वाचनको सफलतापछि नेपाली कांग्रेस पार्टीलाई गति दिने गरी पार्टी सभापति शेरबहादुर देउवाले पहल गर्न खोज्दा वरिष्ठ नेता रामचन्द्र पौडेल आफै–आफै ठुस्केर बैठकमै आउँदैनन् । केन्द्रीय कार्यसमितिको औपचारिक बैठकमा नआएपनि पौडेल समूहले छुट्टै भेला गरेर विभिन्न छलफल र निर्णय गर्ने गरेको छ । सोमबार पनि पौडेल समूहले पार्टी संस्थापन पक्षसँग भइरहेको वार्तामा विधानलाई टेकेर मात्र सहमति खोज्ने निर्णय गरेको चर्चा चलेको छ । पौडेल समूहले पार्टीमा भाग खोज्दै सभापति देउवासँग बार्गेनिङ गरिरहेको छ । पौडेल समूहले केन्द्रीय विभाग २८ वटा गठन गर्ने र नेपाल विद्यार्थी संघको नेतृत्वमा ३२ वर्षको उमेर हद लागू गर्ने अडानमा रहने सहमति गरेको जनाइएको छ । पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको देखाएपनि भित्रभित्रै पार्टीमा भाग खोजेको स्रोतले जनाएको छ । महाधिवेशनबारे छलफल गर्न पौडेल समूह पार्टीको बैठकमा सहभागी नै हुँदैन । भागबण्डाको बार्गेनिङ मिलेपछि मात्रै पार्टी बैठकमा सहभागी हुने नीति पौडेल समूहले लिएको देखिएको छ । सोमबार महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको बैठक भएको छ, जसमा कृष्णप्रसाद सिटौला निकट मानिएका गगन थापा र प्रदीप पौडेल पनि सहभागी भएको स्रोतले जनाएको छ । बैठकमा प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीले हालसम्म भएको छलफलबारे जानकारी गराएको छ । सहमतिको प्रयासमा विभिन्न विकल्पमा छलफल भएपनि सहमति हुन सकेको छैन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते बोलाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६०२:२३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend