आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बाबुआमा गुमाएका तीन दलित बालबालिकलाई विश्वप्रकाशले हस्तान्तरण गरे घर

बाबुआमा गुमाएका तीन दलित बालबालिकलाई विश्वप्रकाशले हस्तान्तरण गरे घर

  • सोमवार, पौष ७ २०७६

  • 9.3K
    SHARES

  • काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको टोली सिन्धुलीका असाहय बालबालिकाका लागि घर निर्माण गरिदिएको छ । बाबुआमा गुमाएका तीन नबालकका लागि शर्मा नेतृत्वको टोलीले घर निर्माण गरेर हस्तान्तरण गरेको हो । सृजना, अनिल र मिलन परियारको पिडादायी जीवन देखेर उनीहरुका लागि घर बनाए हस्तान्तरण गरिएको हो । यी तीन बालबालिकाले प्रसव पिडाका कारण आमा र क्यान्सरका कारण बुवा गुमाएका थिए । उनीहरुको घर ५ पुसमा हस्तान्तरण गरिएको शर्माले जनाएका छन् । ‘प्रसव पीडाले आमा र क्यान्सरले लग्यो बाबा । न बस्ने घर, न खाने टुंगो,स्कुलपनी टुट्यो । सिन्धुलिका ३ नाबालक सृजना, अनिल र मिलन परियारको मार्मिक पीडाले हामी सबैलाई छोयो,’ शर्माले समाजिक सञ्जालमा लेखेका छन्, ‘तर ५ पुस हर्षको दिन बन्यो जब उनिहरुका लागि बनाएको सानो घर हस्तान्तरण गर्न सकियो ।’ शर्मा नेतृत्वको टोलीले असाहय बालबालिकाका लागि घर बनाइदिएपछि चौतर्फी प्रसंशा भइरहेको छ । बधाई नेपाली कांग्रेस सिन्धुली !

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६११:०५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend