काठमाडौँ- हिमालयन डिष्टिलरी लिमिटेडले १७१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो। कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले स्विकृत गरेको नगद लाभांस ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरी आ.व. २०७५।०७६ को कुल लाभांस १०२.६३ प्रतिशत घोषणा गरेको हो। यसै गरी संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा प्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आ.व.२०७५।०७६ मा जम्मा १७१.०५ प्रतिशत लाभांश घोषणा गर्ने वहुराष्ट्रिय कम्पनी वाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये हामी उत्कृष्ट भएका छौं। १९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको कम्पनीले जनाएको छ। यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको रनेपालमा १० लाख कार्टुनभन्दा वढि प्रति वर्ष विक्री हुने केवल यहिएक मात्र व्राण्ड हो। हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ। कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली समेत जडान गरिएको छ। हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा२३ प्रतिशतको वृद्धि सहित रु.६ अरव ४४ करोड ११ लाखको सञ्चालन आम्दानी हासिल गरेको छ। त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित रु.५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ। विगत ५ वर्षमा कम्पनीको सञ्चालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर (सीएआरजी) क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ। उद्योगले गत आ.व.मा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भन्सार शुल्क र पारिश्रमिक कर समेत गरी रु.४ अरव ३८ करोड ८० लाख राजश्व दाखेला गरेको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।