आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

  • शिब अधिकारी
  • सोमवार, बैशाख १५ २०८२

  • 1.5K
    SHARES

  • खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

    रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

    पछिल्लो समय खेलमय बनेको सैनामैनामा यो प्रतियोगिताले थप रौनक थप्ने र स्थानीय खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ । प्रतियोगिता सैनामैना नगरपालिका ७ लम्टिया स्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने खेल संयोजक किरण तिवारीले जानकारी दिनुभएको छ ।

    तिवारीले दिएको जानकारी अनुसार वडाकप क्रिकेट प्रतियोगिता वैशाख १७ गते बुधवार देखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    खेलकुदको हबका रुपमा विकास हुँदै गएको सैनामैनामा हालै राष्ट्रिय पुरुष भलिबल, अन्तराष्ट्रिय आमन्त्रण फुटबल, वडा कप फुटबल, क्लब स्तरीय भलिबल लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०८२०७:०३:४७

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend