काठमाडौं - प्रधानमन्त्री केपी ओलीले जबर्जस्ती रूपमा संसदीय सुनुवाइविनै संवैधानिक पदाधिकारी नियुक्ति गरी सपथ खुवाएपछि देशमा ठूलो तरंग सिर्जना गरेको छ ।
ओलीको सो कदमबारे आफ्नो धारणा सार्वजनिक गर्न नेकपां (प्रचण्ड–माधव नेपाल समूह) ले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमार्फत ओलीको कदमविरुद्ध कडा किसिमको आन्दोलन घोषणा हुन सक्ने बताइएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच सरकार गठन हुँदा एमालेको भागमा राष्ट्रपति र प्रधानमन्त्री तथा उपराष्ट्रपति र सभामुख माओवादी कोटामा परेको थियो ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर अहिले संवैधानिक अंगमा पदाधिकारी नियुक्ति मात्र होइन, प्रतिनिधिसभा विघटन गरेपछि माओवादी समूह असन्तुष्ट बनेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक अंगका पदाधिकारीको सपथ समारोह बहिष्कार गरेका छन् ।
यसबाट अब नेकपामा राष्ट्रपति र प्रधानमन्त्री एकातिर, उपराष्ट्रपति र सभामुख अर्कातिर उभिएका छन् । यसले नेपालको राजनीतिलाई थप जटिलतातिर लगेको विश्लेषण गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।