काठमाडौं - भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले थप करिब २६ टन दैनिक आवश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको छ। ती सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
बाढीपछि प्रदूषण तथा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका स्वास्थ्य तथा सरसफाइसम्बन्धी उत्पादन प्रभावित परिवारलाई वितरण गरिएको हो। यी सामग्रीले व्यक्तिगत सरसफाइसँगै घर तथा वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएको बताएका छन्। उनले राहत प्रयासमा सहयोग गर्दै प्रभावित परिवारको पुनःस्थापनामा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।