सोमवार, भाद्र १५ २०८३Aug 31 2026

Logo
images images

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख २० २०८२

  • 630
    SHARES

  • ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।

    कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

    विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

    फिनाले समारोहमा ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेरले आफ्नो मौलिक गीतमा प्रस्तुति दिए । उनले मेलिना राईसँग कुनैबेलाको हिट गीत ‘छपक्कै फूल फुल्यो बाटोमै’मा सानदार प्रस्तुति दिए ।

    कोच राजुले प्रमेशसँग बहुचर्चित गीत ‘बादल पारीको देशबाट’मा प्रस्तुति दिए । कोच खेमले प्रशेषसँग ‘रम रम मरौटी’मा प्रस्तुति दिए । कोच सोताङले अर्पणासँग गीत गाए । फिनालेअघि नै बाहिरिएकी इन्द्रकला राईले पनि प्रस्तुति दिएकी थिइन् ।

    २ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको भ्वाइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो । यो सिजनमा पहिलोपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी रहे । यो सिजनमा सर्वाधिक चारै कुर्सी घुम्नेको कीर्तिमान पनि रह्यो ।

    हिमालय टिभीले लगत्तै भ्वाइसको किड्स संस्करण सुरुवात गर्दैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०८२०६:२८:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend